त्रिपुरासुन्दरीको रनिङ शिल्ड जारी, रानीपौंवा १२ स्वर्ण सहित अग्रतामा

Avatar photo
Dhadingpost
शनिबार, माघ २१, २०७९

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुधबार देखि जारी छ भने वडा स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता शनिबार (आज) हुनेछ । १ निजी र ११ सरकारी गरी १२ वटा माध्यामिक विद्यालय रहेको यस पालिकामा ११ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका छन् ।

खेल नतिजा
१२ स्वर्ण, ३ रजत १ कास्य, रानीपौवा मावि सल्याटार,
३ स्वर्ण, ४ रजत २ कास्य, सल्यानटार मावि माझगाउँ
२ स्वर्ण १ रजत २ कास्य, सल्यानकोट मावि सल्यानकोट
१ स्वर्ण ३ रजत, सुन्दरी मावि आगिन्चोक
१ स्वर्ण, १ कास्य, चुलिदेबी मावि आरुघाट
३ रजत ६ कास्य, कार्की गाउँ मावि सल्याकोट
२ रजत १ कास्य, महेन्द्रदय मावि मुलपानी
१ रजत, ३ कास्य, अचने मावि खहरे
१ रजत ३ कास्य, महेन्द्रदय मावि मुलाबारी
१ रजत, ३ कास्य, भिमोदय मावि गोलाङ
पदक विहिन, अवस्थामा त्रिपुरासुन्दरी मावि कठेरी

आकर्षक कार्यक्रम गरि राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप प्रतियोगिता उद्घाटन गरेको त्रिपुरासुन्दरी गाउँपालिकाको यो प्रतियोगिता आज २ बजे समापन गरिने आयोजक विद्यालय रानीपौवा माविले जनाएको छ ।