त्रिपुरासुन्दरीको रनिङ शिल्ड तथा अध्यक्षकप आकर्षक ढंगले उद्घाटन

Avatar photo
सन्जु श्रेष्ठ
बुधबार, माघ १८, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आकर्षक कार्यक्रम गरि राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप प्रतियोगिता उद्घाटन गरेको छ । प्रतियोगिताको संयोजन गर्ने जिम्मा पाएको रानीपौवा माविले उद्घाटन समारोहमा आकर्षक मानव साङ्लो बनाएर स्वागत गरेको दृष्यले प्रतियोगिता उद्घाटन कार्यक्रमलाई थप आकर्षण बनाएको थियो ।

उद्घाटन कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता, उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बहादुर खतिवडा, शिक्षा इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठको बिशेष आतिथ्यता, पूर्व उपाध्यक्ष देबि पाण्डे लगायत विभिन्न बिद्यालय संघ सस्था अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रानी पौवा माविका अध्यक्ष फणिकान्त छत्कुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उद्घाटन अघि विद्यार्थीहरुको मार्चपास तथा विभिन्न झाँकिहरु प्रदर्शन गरिएको थियो । रास्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप भलिबल प्रतियोगितामा गाउँपालिकाको ११ वटा विद्यालय सहभागी छन भने २२ वटा खेल हुने आयोजकले जनाएको छ । अध्यक्ष कप भलिबलमा भने ७ वटा वाडको सहभागिता रहनेछ । आज भएको सटकुट खेलमा छात्र तर्फ रानी पौवा माविले र छात्रा तर्फ सुन्दरी माविले १र१ स्वर्ण जितेका छन् । कार्यक्रम माघ २१ गते सम्म सन्चालन हुने आयिजकले जनाएकोछ ।

यस्तै आज सिद्धलेक गाउँपालिकाले पनि एक औपचारिक कार्यक्रमका बीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ ।