
धादिङ । माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेत्रावती डबजोङ गाउँपालिकाले माघ २४ गते गर्ने भएको छ ।
भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समाबेस हुने यस प्रतियोगिता एकै दिमा सक्ने गरी नेत्रावती डबजोङ गाउँपालिकाले माघ २४ गते गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागिता जनाउने माध्यामिक विद्यालयहरुलाई माघ २१ गते सम्म खेलाडी विद्यार्थीहरुको नाम दर्ता गराई सक्न गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले पालिका भित्रका विद्यालयहरुलाई पत्रचार गरि सकेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष ठाकुर गुरुङले धादिङपोष्टलाई बताए । प्रतियोगिता चौतारा मावि सेमजोङमा हुनेछ ।