गजुरीले माघ २७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
बुधबार, माघ १८, २०७९

धादिङ । गजुरी गाउँपालिकाले यहि माघ २७ गते देखि २९ गते सम्म माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगितामा कक्षा १२ सम्मका १८ वर्ष मुनिका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।

गजुरी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले सूचना जारी गर्दै माघ २३ गते सम्म प्रतियोगितामा सहभागीताको लागि खेल शिक्षक सहित खेलाडीको नाम दर्ता गराई सक्न विद्यालयहरुलाई पत्रचार गरेको छ ।

माध्यामिक विद्यालय स्तरीय हुने यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल हुनेछन्