धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्लस टु देखी क्याम्पस सम्म निःशुल्क

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १७, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका भित्रका ११ वटा मावि र २ वटा क्याम्पसमा अध्ययनरत ६ सय ७५ जनाले नि:शुल्क शिक्षा लिइरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ती नवराज पाठकले बताए ।

नि:शुल्क शिक्षाका लागि गाउँपालिकाले प्लस टु देखी क्याम्पस अध्ययनरत सबै विद्यार्थीलाई लाग्ने मासिक शुल्क विद्यालयलाई मासिक भुक्तानी गरे सँगै शिक्षा नि:शुल्क भएको हो । प्रति विद्यार्थी ११, १२ विद्यार्थीहरुको लागि माशिक पाँच सय र क्याम्पसको लागि मासिक सात सय रुपैँया गाउँपालिकाले विद्यालयको खातामा जम्मा गर्ने गरेको पाठकले बताए ।

पाठकका अनुसार त्रिपुरासुन्दरीमा शिक्षा नि: शुल्क छ । कलेज र क्याम्पसमा समेत नि:शुल्क शिक्षाका लागि गाउँपालिकाले विद्यार्थीहरु सँग प्लस टु र क्याम्पस लिने शुल्क तिर्न थालेको हो ।