सिद्धलेक र त्रिपुरासुन्दरीमा भोली देखि राष्ट्रपति रनिङ शिल्ड हुँदै

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १७, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरि सकेका छन् भने भोली माघ १८ गते देखि सिद्धलेक गाउँपालिका र त्रिपुरासुदरी गाउँपालिकाले गर्दै छन् ।

१ निजी र १३ सरकारी गरी १४ वटा माध्यामिक विद्यालय रहेको सिद्धलेक गाउँपालिकाले जलेश्वरी मावि प्राङ्गाणमा र १ निजी र ११ सरकारी गरी १२ वटा माध्यामिक विद्यालय रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले रानीपौवा मावि प्राङ्गणमा भोली देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न लागेका हुन् ।

माध्यामिक विद्यालय स्तीय हुने यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेलहरु हुने छन् भने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने छन् ।