धादिङ समाज जापानको अध्यक्षमा गंगाजमुनाका श्यामहरि तिम्सिना चयन

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १७, २०७९

धादिङ । दिङ समाज जापानको पाँचौं अधिबेसनबाट अध्यक्ष पदमा १० वर्ष देखि जापानमा रहेका धादिङ गंगाजमुना गाउँपालिका ५ का श्यामहरि तिम्सिना चयन भएका छन् ।

यस अघि समाजको उपाध्यक्ष समेत रहेका श्यामहरि तिम्सिना पाँचौँ अधिबेसनबाट २०२३ -२०२५ कार्यकालको अध्यक्षमा चय भएका हुन् । गत आईतबार सिनोओकुबु स्थित नेवा डाईनिङ रेस्टुरेन्टमा आयोजित अधिबेशनले तिम्सिना अध्यक्ष रहेको २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

अध्यक्षमा चयन भए सँगै उनले जापानमा रहेका धादिङगेहरुको संख्यात्मक डाटा संकलन वेपसाईड मार्फत गर्ने, संस्थामा महिला सहभगिता र आजिबन सदस्य बढाउन मोटिभेसनल कार्यक्रम गर्ने, जिल्लामा धादिङ समाज जापानको अस्तिव्त रहने गरि जिल्लाबाट आएका प्स्ताव मध्य एक छनोट गरि कार्ययोजना ल्याउने, जापानमा रहेका क्षेत्रिय कमिटि बिस्तार र क्रियासिल बनाउने धादिङपोष्टलाई बताए ।

संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा सम्पन्न अधिबेशनको प्रमुख अतिथीमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र विशेष अतिथीमा अन्तर्राष्ट्रीय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठ रहेका थिए । यसैगरी ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी, धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी, श्याम सितल, नेपाल पत्रकार महासंघ जापानका सचिब तथा संस्थाका सल्लाहकार राजन गौतम, बाबुकाजी भण्डारी, शेर्पासंघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।

नव निर्वाचित कार्य समितिको नामावली
अध्यक्ष : श्यामहरि तिम्सिना
बरिस्ठ उपाध्यक्ष : राम सिंखडा
उपाध्यक्ष : सुजता दुवाडी
उपाध्यक्ष : दिनेश अधिकारी
उपाध्यक्ष : बिष्णु कुमार श्रेष्ठ
उपाध्यक्ष : बिमल श्रेष्ठ
महासचिव : बिजय सडौला
सचिव : सुशान्त बानियाँ
सचिव : ओम कुमार श्रेष्ठ
कोषाध्यक्षः राम बाबु दनाई
सह-कोषाध्यक्षः दिपक बिस्ट
सदस्यहरुः
प्रलाद अधिकारी
दिनेश पन्डीत
कृष्ण बहादुर मगर
राम बाहादुर बिसुन्के
ईश्वरी अर्याल
ठाकुर खनाल
गणेश बहादुर अधिकारी
पशुपती थपलिया
प्रबीन नेपाल
माधब ढकाल