
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।
बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

