मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई गजुरीमा भव्य स्वागत

Avatar photo
Dhadingpost
शनिबार, माघ १४, २०७९

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई गजुरी गाउँपालिकाले भव्य स्वागत गरेको छ । मुख्य मन्त्री भएपछि पहिलो पटक आफ्नो जन्मभुमी रहेको गजुरी गाउँपालिका आएका जमकट्टेललाई शुक्रबार भव्य स्वागत गरिएको हो ।

धादिङ क्षेत्र नं १ प्रदेश सभा २ बाट फराकिलो मतान्तरले विजयी हुँदै बागमती प्रदेशमा मुख्यमन्त्री बनेका जमकट्टेलले स्वागत कार्यक्रममा आफ्नो काँधमा समृद्ध बागमती प्रदेश बनाउने जिम्मेवारी थपिएको बताएका थिए ।

जिम्मेवारीमा हुँदा नगरे केहिले गर्ने, अब आफु विशेष एजेण्डाका साथ आफ्ना मतदाताहरुले छाती फुलाएर हिड्न सक्ने गरी काम गर्छु । त्यसका लागि केहि अफ्ठ्यारो त छ, एकल सरकार छैन, सत्ता साझेदार दलबाट पनि मन्त्रीमा आएका सांसदहरु विज्ञ नै भएकोले आफ्नो कार्यकाल पूर्ण सफल हुने दावी उनले गरे ।