
धादिङ । चितवन २ बाट दोब्बर मतान्तरमा चुनाव जितेका रवि लामिछानेलाई सार्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गरे सँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद मुक्त भएका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने फैसाला गरे सँगै उनी स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग पैदा भएको छ ।
