त्रिपुरासुन्दरीका २२ विद्यालयमा दुईवर्ष नि:शुल्क इन्टरनेट

Avatar photo
Dhadingpost
बिहिबार, माघ १२, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको पहलमा सांग्रिला इन्फरम्याटेक्स प्रालि काठमाडौं, नेपाल दुरसञ्चार र नेपाल टेलिकमले यस पालिका भित्रका २२ वटा आधारभुत विद्यालयलाई दुई वर्ष सम्म नि:शुल्क इन्टरनेट सेवा दिने भएका छन् ।

अहिले उपकरण सहित २ वर्षसम्म इन्टरनेट नि:शुल्क हुने छ भने त्यसपछि प्रत्येक वर्ष वार्षिक १८,००० शुल्क लाग्ने बताईएको छ ।