परेवाटारमा श्रीमद्भागवत सप्ताह सुरु

Avatar photo
Dhadingpost
सोमवार, माघ ९, २०७९

निर्मल थपलिया
धादिङ ।
सिद्धलेक गाउँ पालिकाको परेवाटारमा धार्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञ सुरुभएको छ । सिद्धलेक गाउँ पालिका ६ परेवाटार धादिङको लक्ष्मी नारायण भगवानको मन्दिर परिसरमा चन्डेश्वोर महादेव मन्दिर , चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ आयोजित बाल तपस्वी उत्तम भट्ट महाराज ज्युको मुखारबिन्दबाट सुरुभएको उक्त श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका परशुराम खतिवडाले धादिङको मात्र नभएर नेपालकै एक मात्र भागवत धाम यो सिद्धलेक प्रवेशद्वार मै भएकोले यो धामको बिकासका लागि माथिल्लो निकाय सम्म छलफल गरि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बिशेष अतिथि सोही गाउँ पालिकाका उपाध्यक्ष सबिता अर्यालले आगामी दिनमा बजेट बिनियोजन गर्दा सिद्धलेकको बिकासका लागि गर्न सक्ने सहयोग निरन्तर गरिरहने बताएकी थिईन् ।

बेनिघाट रोराङका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले यो महत्वपूर्ण काममा हातेमालो गरेर घेनीघाट रोराङ अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । बिश्व भागवत धाम कोष नेपालका संस्थापक सदस्य नवीन बन्धु पहाडीले यो भागवत धाम बिश्व कै धाम भएकोले भागवत अध्यायन तथा भागवत पर्यटनको रुपमा बिकास गर्दै लैजानु पर्ने बताएका थिए।

स्वागत तथा शुभकामना मन्तव्यमा राख्दै सोही वडाका वडाध्यक्ष सुरेन्द्र कुमार मगरले यस महायज्ञबाट संकलन भएको सहयोग रकमबाट चन्डेश्वोर शिव मन्दिर, चन्डिका देवि र धर्मशाला बन्ने भएकोले आफुले पनि सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।संस्थाका उपाध्यक्ष टीका थपलियाले स्वागत मन्तव्य राख्दै सबैको सेवाको लागि धर्मशाला, लोप हुँदै गएको संस्कृत शिक्षाको लागि बेद पाठशाला लगायत धार्मिक मठ मन्दिर निर्माणका लागि स्थानीय स्तरमा सक्दो भुमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा धार्मिक संघ संस्था तथा समाजिक शैक्षिक बित्तीय संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय आथित्यता रहेको थियो । भद्रकाली गुरुकुल बेद बिद्याश्रमका बटुकहरुको स्वस्ती बाचन सहित कार्यक्रम शुरु भएको थियो । पशुपति शिक्षा मन्दिर, भद्रकाली आमा समुह, बागेश्वरी आमा समुह, गोल्मारानी आमा समूह, लाली गुलास सहकारी लगायत संस्थाहरुको सहभागितामा भद्रकाली पातलेश्वोर महादेव मन्दिर मलेखु त्रीवेणी धाम देखि त्रीशुलीको जल उठाएर मन्दिर महायज्ञ स्थलसम्म पन्चे बाजा सहित कलश यात्रा गरिएको थियो ।