वडाध्यक्ष हरि विश्वकर्मा माथि शिक्षक भिमसेन अधिकारीद्वारा हातपात

Avatar photo
Dhadingpost
सोमवार, माघ ९, २०७९

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरि विश्वकर्माले आफुमाथी माथि आईतबार हातपात भएको बताएका छन् । वडाध्यक्ष हरि विश्वकर्माका अनुसार सुन्दरी माविका शिक्षक भिमसेन अधिकारीले हातपात गरेका हुन् ।

प्रदेश सरकारबाट बिनियोजित रकमको समिती गठनका क्रममा आफु अनुकुल मान्छे राख्न नराखिएको भन्दै कांग्रेस निकट शिक्षक संघमा समेत आवद्ध शिक्षक अधिकारीले आफु माथि हातपात गरेको वडाध्यक्ष हरि विश्वकर्माले बताए । शिक्षक अधिकारीले भने आफुले हातपात नगरेको सामाजिक संजाल मार्फत बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् । आफु सल्यानटार जादै गर्दा वडाध्यक्ष बन्दनमा चढी बहुमत मान्दिन, सहमति गराउनुहोस् म सहयोग गर्छु, भन्नुको सट्टा वडा मै गएर समिति बनाउँछु । भनुभएपछि माईन्युट फिर्ता गर्नोस भन्दा तँ को होस भनेकोले माईन्युट च्यातिएको हो । सो स्थानमा मलाई एकजना मान्छेले पछाडीबाट टाउकोमा मुक्का हाने । मैले कसैमाथि हातपात गरेको छैन । यदि मैले कोही कसैलाई हातपात गरेको भए कार्वाही भोग्न तयार रहेको कुरा समेत लेखेका छन् ।

हातपात गर्ने शिक्षक अधिकारी विरुद्ध आज मुद्धा दर्ता गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले धादिङपोष्टलाई बताए । ‘पिपलडाडा मा सिकटार बिर्ता सुनपोखरी सडक त्रिपुरासुन्दरी ५ र ६ को नाममा प्रदेश सरकारबाट बिनियोजित रकम रु ५० लाखको समिती गठन गर्ने क्रममा बिवाद सिर्जना गरि सुन्दरी माविका शिक्षक भिमसेन अधिकारीले वडाध्यक्षमाथि हातपात गर्नुका साथै माइनुट च्याते यो क्षेम्मे हुन नसक्ने उपाध्यक्ष धरेलले बताए ।

घटना स्थलमा प्रहरी थियो तर प्रहरीका हवलदार भीड़ नियन्त्रण गर्नुको सट्टा आफ्नो कतव्य भुल्दै भिडियो गर भन्दै मुकदर्शक बनेर बसेका थिए ।