धादिङको री गाउँ भलिबलको उपाधि सल्लेरीले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, माघ ८, २०७९

धादिङ । गंगाजमुना १ री गाउँमा नमुच्येत बौद्ध गुम्बाले आयोजना गरेको पुरुष भलिबलको उपाधि गंगाजमुना २ सल्लेरी टिमले जितेको छ ।

मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछारको अवसरमा धादिङको गंगाजमुना १ री गाउँमा सम्पन्न उक्त प्रतियोगितामा गंगाजमुना १ गाउँ A टिम दोस्रो र गंगाजमुना १ चोके टिम तृतीय भए प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चोके टिमका अभिनास तामाङ भए ।

प्रतियोगिताका विजयी टिमलाई गंगाजमुनका अध्यक्ष एवम् समापन कार्यक्रमका प्रमुख अतिथि भक्त बहादुर लामाको हातबाट क्रमस २५ हजार, १५ हजार, र ८ हजार प्रदान गरिएको थियो ।