धादिङका राजेन्द्र भण्डारी बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
शनिबार, माघ ७, २०७९

धादिङ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा नेकपा एमाले निकट प्रगतिशील बैदेशिक रोजगार मञ्चका तर्फबाट उम्मेदवार बनेका धादिङ गजुरी -५ पिण्डा निवासी राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारी ४२ मतले प्रतिपर्धीलाई पछि पार्दै संघको अध्यक्षमा निर्वाचित हुनुभए हुन् ।

भण्डारीले नेपाली कांग्रेसका बागी उम्मेदवार भुवनसिंह गुरुङलाई पराजीत गरेका हुन् । भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा गुरुङले १५७ मत पाए । यस्तै नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार कुमुद खनालले १३१ र माओवादी र एकीकृत समाजवादीको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका इश्वर जिसीले १२८ मत मात्रै ल्याए ।

यस्तै प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल निर्वाचित भए भने कोषाध्यक्षमा पनि एमाले निकटकै सरिता घले निर्वाचित भईन् । महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल निर्वाचित भएका छन् । सदस्यहरुमा राजेन्द्र बस्नेत, बिक्रम श्रेष्ठ, देविमाया थापा, बैंकुण्ठप्रसाद पौड्याल बैभव, कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।

७औं साधारणसभामा प्यानल नै जितेको नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमलाई यो पटक धक्का लागेको छ ।