
धादिङ । बागमति प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशलाइ आत्मनिर्भर बनाउने दावी गरेका छन् ।
दोस्रो खैरहनी महोत्सव उद्वघाटन गर्दै मन्त्री जम्कटेलले १० हजार जनशक्तिलाई सीप सिकाएर रोजगारी दिने बताए । अहिले कृषि क्षेत्रमा अनुदानलाई पहुच मुखी भएकाले यो व्यवस्था हटाएर निव्र्याजी पैसा दिने गरिएको जम्कट्टेलले बताएका छन् ।
हामी सँग श्रोत साधनको प्रयाप्त छ तर सदुपयोग नहुँदा जनताले दुख पाएका छन् अब हरेक श्रोत साधनको उपयोग गरिनेछ । रासायनिक मल उद्योग लगाएत कृषि उत्पादन उद्योग स्थापना गरिने समेत मुख्यमन्त्री जम्कट्टेलले बताए । उनले लगानीको मोडेललाई व्यवसायको मोडलमा बदल्न सहयोग गर्न समेत आग्रह गरे ।
