परेवाटार माघ ८ देखि भागवत सप्ताह महायज्ञ हुने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ३, २०७९

धादिङ । सिद्धलेक गाउँपालिका ६ परेवाटारमा माघ ८ देखी १६ गतेसम्म श्रीमद भागवत सप्ताह महायज्ञ एवं परेवाटार धार्मिक महोत्सव हुने भएको छ ।

लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर, चण्डिकादेवी एवं विशाल धर्मशाला निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले बताए ।

विश्व भागवत घाम कोष नेपाल सिद्धलेक ६ कुम्पुर, परेवाटार, घादिङको आयोजनामा हुने महायज्ञको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले आफैले गर्ने छन् भने उनी प्रमुख संरक्षक पनि हुन् ।

कार्यक्रम स्वरुप
महायज्ञको पहिलो दिन माघ ८ गते विहान ९ बजे कलश यात्रा तथा दिउँसो १ बजे उद्घाटन हुने ।
माघ १५ गते अपरान्ह ४ बजे श्रीमद्भागवतमा तील अर्पण,
माघ १६ गते अभिषेक, पूर्णाहुती शान्ति कलश वितरण दाता
महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजा तथा पाठ पारायण हवन,
प्रत्येक दिन विहान १० बजे देखि ५ बजेसम्म संगितमय श्रीमद् भागवत कथा वाचन सहित दाता सम्मान,
प्रत्येक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा भजन कृतन र झाँकी प्रदर्शन