सल्यानटार गोल्ड कपको उपाधि आयोजक कै हातमा

Avatar photo
Dhadingpost
सोमवार, माघ २, २०७९

धादिङ । धादिङको सल्यानटारमा जारी धादिङ कै सर्वाधिक पुरस्कार राशी भएको प्रथम सल्यानटार गोल्ड कपको उपाधी आयोजक त्रिपुरासुन्दरी युवा समाजले नै जितेको छ ।

आईतबार सम्पन्न यस गोल्ड कपको फाईनलमा प्रतिस्पर्धी टिम रोयल सल्यानटार फुटबल क्लबलाई पराजित गर्दै आयोजक त्रिपुरासुन्दरी युवा समाजले उपाधी चुमे सँगै नगद १ लाख ५५ हजार ५५५ हात पार्न सफल भयो भने उप विजेतामा रोकिएको रोयल सल्यानटारले ६६ हजार ६६६ जितेको छ । फाईनल पुग्न सेमिफाईमा रोकिएको गणेश थान युवा क्वलका खेलाडी सर्जु गुरुङ ९ गोलका साथ सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने प्रतिगोगिता अवधिभर उत्कृष्ट गोलरक्षकको उपाधि आयोजक टिमका सदिप उप्रतीले पाए ।

यस गोल्डकपको समापान समारोहमा आयोजकले अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत आयोजना गरेको थियो । उक्त नृत्य प्रतियोगितामा रानिपौवा विद्यालय प्रथम र त्रिपुरासुन्दरी माध्यामिक विद्यालय दोस्रो भएको थियो ।

विष्णुहरि उप्रेतीको संयोजनमा भएको यो दुबै प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि धादिङका संघीय सांसद रामनाथ अधिकारीले धादिङ जिल्ला हरेक खेलका खेलाडीहरुको भण्डारण रहेको बताए । धादिङका हरेक स्थानीय तहहरुले खेलकुद विकासमा उल्यख्य लगानी बढाउन आग्रह गर्दै सांसद अधिकारीले भौतिक पूर्वाधार विकासका लागि आफुले गर्नु पर्ने सहयोग निरन्तर रहने बताएका थिए ।

कार्यक्रममा विशेष अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डार, नेपाली कांग्रेसका नेता बासु तिमल्सिना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल लगायतको आतिथ्यता रहेको थियो ।