सल्यानटार गोल्ड कप: आज पुस २८ गतेको खेल अपडेट

Avatar photo
Dhadingpost
बिहिबार, पुस २८, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा प्रथम सल्यानटार गोल्ड कप–२०७९ जारी छ । २२ टिम सहभागि यस प्रतियोगिता आजबाट दोस्रो चरणका खेलहरु सुरुभएका छन् ।

त्रिपुरासुन्दरी युवा समाजले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५५५ र उपविजेता टिमले ६६ हजार ६६६ पुरस्कार पाउने छन् ।

आज पुस २८ गतेको खेल अपडेट
सल्यानटार युनाइटेड सोसाइटी १ गाेल VS गणेशथान युवा क्लब ‘A’ ६ गाेल विजयी
ABC मुलपानी ० गाेल VS आयोजक B १ विजयी
गोलाङ युथ क्लव ३ पेनाल्टी विजयी VS आयोजक C ० पेनाल्टी
सल्यानटार FC, ० गाेल vs Royal सल्यानटार १ विजयी
आयोजक A २ गाेल विजयी vs सल्यानटार Kfc ० गाेल
डाँडागाउँ (बसेरी) ३ गाेल विजयी vs PYC मुलपानी ० गाेल