सरकारले स्यानिटरी प्याड किन्न वार्षिक १५ सय दिने

Avatar photo
Dhadingpost
सोमवार, पुस २५, २०७९

काठमाडौं । सरकारले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने भएको छ ।

सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्। सरकार प्रजनन् उमेरका महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५ सय उपलब्ध गराउने भएको छ।

प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने तथा ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क आपतकालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्सको थप व्यवस्था गर्नेसमेत कार्यक्रममा छ।