प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

Avatar photo
Dhadingpost
पुस २४, २०७९

काठमाडौं । एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए । उनले भने, ‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ ।’

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।