रुबीभ्याली ४ स्थित चालिस गाउँ भ्रमण गर्दै भिटोफ टिम

Avatar photo
Dhadingpost
बिहिबार, पुस २१, २०७९

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आगामी माघ ७ देखि ९ सम्म धादिङको रुवीभ्याली ४ स्थित चालिस गाउँमा पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकन भ्रमण गर्ने भएको छ ।

भिटोफले सरकारलाई गरेको सिफारिसका आधारमा ०७६ साल मैचालिस गाउँलाई नयाँ गन्तब्य घोषणा गरि सकेको छ । गणेश हिमाल पर्यटन विकास समितिका तात्कालिन अध्यक्ष तेज गुरुङको पहलमा भिटोफले सरकारलाई चालिस गाउँलाई नयाँ गन्तब्य घोषणा आग्रह गरेको थियो ।

करिब १५० घरधुरीको बसोबास रहेको चालिस गाउँमा तामाङ, गुरुङ र घले समुदायको बाहुल्यता रहेको छ । गाउँमा तामाङ, गुरुङ र घले लगायत समुदायको संस्कार, संस्कृति, भाषा, भेषभूषा, मौलिक खानपान, रहनसहन र विशिष्ट जीवनशैलीको अवलोकन गर्न पाइन्छ ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्वपूर्ण रुवीभ्यालीको संक्षिप्त परिचय
विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाको नाम रुवीभ्याली गाउँपालिका नामकरण गरिएको हो ।

भू-आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य, हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, ताताे पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ ।