गजुरी ८ का वडाध्यक्ष ओझाले आफ्नो पारिश्रमिक बालकक्षा संचानार्थ खर्चगर्ने

Avatar photo
Dhadingpost
बिहिबार, पुस २१, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका ८ का वडा अध्यक्ष देवराज ओझाले पालिकाबाट आउने सेवा सुविधा महादेवखर्क पुरानो गाउँ एैसेलु खर्कमा बालकक्षा संचालनार्थ खर्च गर्ने घोषणा गरेका छन् ।

एैसेलु खर्कका साना बालबालिकाहरु विद्यालय जानको लागि २ घण्टा बढी कठिन पैदल यात्रा गर्नुपर्ने वाध्यता रहेकोले माघ २ गते देखि एैसेलु खर्क मै वाल कक्षा संचालन गर्ने गरि आफ्नो सेवा सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् ।

आज महादेवखर्क पुरानो गाउँ एैसेलु खर्कमा भएको स्थानीय भेलामा उनले उक्त घोषणा गरेका हुन् भने भेलाले बालकक्षा संचालनको लागि विनोद तामाङको अध्यक्षतामा बाल विकास व्यवस्थापन समिति समेत गठन गरेको छ ।