टेलिकमलाई प्रधिकरणको प्रश्न खोइ फाइभजी ?

Avatar photo
Dhadingpost
पुस १९, २०७९

काठमाडौं । नेपाल टेलिकमले पौष १७ गते देखि गर्ने फाइभजी ९छन्० मोबाइल सेवाको परीक्षण सुरु गर्ने भनेपनि यो सेवा सुरु नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले कारणसहित लिखित जबाफ मागेको छ।

फाइभजीको आधिकारिक उपकरण आपूर्तिकर्ता ह्वावेईले आफ्नो पक्षमा आवश्यक तयारी सकिएको बताए पनि टेलिकमले सेवा सुरु नगरेपछि प्रश्न सोधिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

नेपाल टेलिकमले भने सार्वजनिक परीक्षण गर्न नसके पनि आन्तरिक रूपमा पूर्वाधार र उपकरणहरूको तयारी जारी रहेको बताएको छ ।