त्रिपुरासुन्दरी २ मा पशु स्वस्थ्य शिविर सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १९, २०७९

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका २ मा पशु स्वस्थ्य शिविर सम्पन्न भएको छ शिविरमा १५३ भैंसी र बाख्रा, २३५ बंगुर, १७३ कुकुराको परिक्षण गरिएको जनाईएको छ ।

शिविरमा किसानहरुलाई नेपाल पशु स्वास्थ्य प्राविधिक संघ ले प्रदान गरेकोनिशुल्क औषधी समेत वितरण गरिएको सुरेन श्रेष्ठले धादिङपोष्टलाई बताए ।

गाउँपालिकाको प्राविधिक सहयोगमा हामी सबैको कृषिसहकारी संस्था लिमिटेडले आयोजना गरेको स्वस्थ्य शिविरको अवलोकनका लागि उपाध्यक्ष देवराज धरेल, वडाध्यक्ष कृष्णबहादुर खत्री र कमल बहादुर थापा लगायतको ससहभागिता थियो ।