हरिबोल गजुरेलद्वारा उपराष्ट्रपति पद अस्वीकार

Avatar photo
Dhadingpost
पुस १३, २०७९

काठमाडौं । कपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् ।

राष्ट्रपति पदमा एमालेका नेताहरुले इच्छा देखाएपछि माओवादीको भागवण्डमा उपराष्ट्रपछि पद परेपछि प्रचण्डले उनलाई प्रस्ताव गरेका थिए । तर, उनले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन र राष्ट्रपतिमा पुरुष भए उपराष्ट्रपतिमा महिला हुन सक्ने व्यवस्था छ ।