शोभराजलाई कैदमुक्त गर्न सवोच्चको आदेश

Avatar photo
Dhadingpost
पुस ७, २०७९

काठमाडौं । तीन विदेशी नागरिकको हत्या अभियोग पुष्टिसँगै १९ वर्ष देखि जेल जिवन विताई रहेका ‘सिरियल किलर’का रूपमा विख्यात चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले ‘जेलमुक्त’ गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको २ असोज २०६० को फैसलाले उनलाई जन्मकैद सजाय सुनाएको थियो । त्यसयता उनी कारागारमा छन् ।
शोभराजको ‘उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत ९१९ वर्ष० कैद सजाय भोगिसकेको देखिएको’ आदेशमा उल्लेख छ ।

‘‘अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।’ आदेशमा भनिएको छ ।

त्यसपछि शोभराजले ‘हेनरिकस विन्ताजाको लरेन्ट आरमन्डको हत्या अभियोग’ पुष्टि गर्दै २०६१ साउनमा काठमाडौं जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो ।

शोभराजलाई ‘६ पुस २०३२ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुर मनोहरा खोलामा फालेको’ अभियोगमा जन्मकैद सजाय सुनाइएको थियो । उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले ६ पुस २०३२ मा मुद्दा दायर गराएका थिए । त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिच हत्यामा उनैको संलग्नता थियो ।

त्यस्तै, अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भागेका थिए । नेपाल आएका बेला २०६० सालमा उनी पक्राउ परेका थिए ।