
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बिदा बस्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरेको छ ।
मन्त्रालयले जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा समस्या देखिएको गुनासो आएपछि यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव रुद्रसिंह तामाङले नेपाल प्रेसलाई जानकारी दिए ।

