
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरे सँगै प्रथम पुरस्कार ८ लाख र उपविजेताले ४ लाख पाउने बागमती गोल्डकप प्रतियोगिता पुस २२ गते देखि हुने भएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठका अनुसार प्रतियोगितामा आयोजकसहित ए डिभिजन क्लबको सहभागिता रहनेछ । यसअघि भएको चौथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।
यस पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता बागमती–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा हुने छ ।

