ढुक्क होऔं, विकास हामी गर्छौ -मन्त्री जमकट्टेल

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २६, २०७९

धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले धादिङको विकासको नेतृत्व आफुहरुले गर्ने बताएका छन् ।

नेत्रावती गाउँपालिका ३ मा निर्मित टासी जंग गुम्बाको निमार्णाधिन भवनको स्थलगत अनुगमनका लागि पुगेका मन्त्री जम्कटेलले विकासको नेतृत्व आफुहरुले गर्ने बताएका हुन् । तपाईंका गाउँका अभाव र आवश्यकता केहो ल्याउनोस्, गर्ने हामीले नै हो, पार्टी र व्यक्ति हेरिदैन समग्र समृद्ध धादिङ बनाउने अभियानमा आफु लागेको उनले बताए ।

पुर्वाधार विकासको २९ लाख र प्रदेश सरकार १५ लाख गरी ४४ लाखमा निर्मित जंग गुम्बाको निमार्णाधिन भवनको स्थलगत अनुगमनमा मन्त्री जमकट्टेल सँगै माओवादी केन्द्र धादिङका नेताहरु रामबहादुर भण्डारी, मनराज भण्डारी लगायतको समेत सहभागिता थियो ।