
काठमाडौं । घनश्याम भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो ।
सत्ता गठबन्धनको साथ रहँदा समेत अन्ततः एमाले उम्मेदवार छविलाल विश्वकर्माले रुपन्देही- १ मा पराजित गरिदिएका छन् । विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे ।
