
काठमाडौं । निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको समानुपातिक मत परिणाम अनुसार एमालेले ६ लाख २७ हजार पुर्याउँदा एमाले विभाजन पछि बनेको एकीकृत समाजवादीले १० औं स्थानमा रहँदै ४२ हजार मात्रै बनाएको छ ।
पहिलो स्थानमा रहेको एमालेलाई कांग्रेसले पछ्याई रहँदा उसले ६ लाख ४ हजार बनाएको छ भने तेस्रो स्थनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय सवतन्त्र पार्टीले ३ लाख २१ हजार, चौंथौंमा माओवादी केन्द्रले २ लाख ८९ हजार बनाएको छ ।
