लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय हुँदैन -सोविता

Avatar photo
Dhadingpost
मंसिर ७, २०७९

काठमाडौं । घण्टी चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भए सँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै ‘लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने बताएकी छिन् ।

अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने उनले जिकिर गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ’०७९ मङ्सिर ४ मा सम्पन्न सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा यस क्षेत्रका सम्पूर्ण मतदाता आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हृदयदेखि आभार प्रकट गर्दछु ।

सोविता गौतमले १५ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएकी हुन् । सोविताको निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५ सय ५५ मत पाए ।