
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं। २ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन् । सोविता गौतमले १५ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनको विजयसँगै रास्वपाले प्रतिनिधिसभामा खाता खोलेको छ । कांग्रेसका सन्तोषले १५ हजार १ सय ५८ मत प्राप्त गरे । सोविताको निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५ सय ५५ मत पाए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार ४ सय १४ मत प्राप्त गरेकी थिइन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट पूर्वसभामुख ओन्सरी घर्तीले प्रतिस्पर्धा गरेकी थिइन । उनी चौथो स्थानमा रहिन् । उनले ९ हजार ४ सय ४८ मत प्राप्त गरेकी थिइन् ।
काठमाडौं जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनीधि सभा क्षेत्र ६,७,८ मा जारी मतगणनामा फराकिलो मतान्तरका साथ अगाडी देखिन्छ
