
काठमाडौं । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागी बाजुरामा एक जनाको मृत्यु भएको जनाईएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका ७ मतदान केन्द्रमा भएको उक्त घटनामा सोही ठाउँका सुरेन्द्र ऐडीको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे।
प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ । उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ।
