रवि लामिछानेद्वारा मतदान

Avatar photo
Dhadingpost
मंसिर ४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चाबहिल महांकाल स्थित पानी ट्यांकीको बुथ पुगेर मतदान गरेका छन् ।

चितवन २ का प्रत्यक्ष तर्फका उम्मेदवार लामिछानेले प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा मतदान गर्न चाबहिल आएका हुन् । उनी विभिन्न क्षेत्रका मतदान केन्द्रहरुको अवलोकन गर्दै चितवन जाने कार्यक्रम रहेको बताईएको छ ।