
धादिङ । गंगाजमुना गाउँपालिकामा ७ वटा मतदान स्थल छन् । जस मध्य तस्वीरमा देखाईएको दृष्य मण्डली मावि फुलखर्क मतदान स्थलको हो । यस मतदान स्थलमा ४ वटा मतदान केन्द्र रहेका छन् ।
यस विद्यालयमा रहेका ४ वटै मतदान केन्द्रमा भोलीको लागि मतदान गर्न अन्तिम तयारी हुदै गरेको छ । निर्वाचन कार्यलयले जानकारी दिए अनुसार यस मण्डली मावि फुलखर्क मतदान स्थलमा १८१३ पुरुष र १७६७ महिला गरि ३५८० जना मतदाता रहेका छन् । यो संख्या यस पालिकाको ७ वटै मतदान स्थल मध्य धेरै संख्या हो ।
गंगाजमुना गाउँपालिकाका अन्य मतदान स्थलहरुमा सितलादेवि आधारभुत विद्यालय ताजीम्राङमा २०४७, पासाङचोक महादेव मावि तावलमा २३०४, कल्याल आधारभुत विद्यालय छेलाङमा १९६४, तामाङखर्क मावि सातदोवाटो १९३९, महालक्ष्मी मावि सानो बसेरी ३०७६ र बद्री बिशाल मावि बुढाथुममा ३१५० मतदाता रहेका छन् ।
