कुन मतदान केन्द्रबाट कसलाई कति मत खस्यो थाहा नहुने

Avatar photo
Dhadingpost
मंसिर ३, २०७९

काठमाडौं । मतगणना निर्देशिका अनुसार, निर्वाचनमा खटिने कर्मचारीहरुले दुई फरक मतदान स्थलका मतहरु एक ठाँउमा गणना गर्ने हुँदा कुन केन्द्रबाट कस्लाई कति मत खसेको थियो भन्ने थाहा नहुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार, फरक फरक केद्रका मतपेटिकाबाट मिसाएर मतगणना गर्दा गोपनीयता र विश्वसनीयता बढ्ने हुँदा त्यहि अनुरुप मत गणना हुन्छ ।

निर्वाचन आयोगले दुई वा त्यो भन्दा बढी मतदानस्थलका मतपेटिकाहरु मिलाएर मात्रै मत गन्नु भनी सबै निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हुन्छ । दुई ठाँउको मत मिसाएर गणना गरेपछि उम्मेदवारहरुले समेत कुन ठाँउबाट आफूलाई कति मत खस्यो भन्ने अनुमान गर्न सक्दैनन् ।