मतदान अधिकृत मृत भेटिए

Avatar photo
Dhadingpost
मंसिर ३, २०७९

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय मृत भेटिएका छन् ।

प्रहरीका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।

सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत उनी मतदान अधिकृत बनेर फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका थिए ।

उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ । जिल्लामा निर्वाचनमा खटिएका मतदान अधिकृतको मृत्यु भएको यो पहिलो घटना हो ।