
धादिङ । सरकारले मंसिर २ देखि ५ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई २ देखि ५ मंसिर सम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन गरेको सिफारिस अनुसार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको थियो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो ।


