आयोगद्वारा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

Avatar photo
Dhadingpost
कार्तिक २८, २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

आयोगले २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर शनिबार पर्छ ।

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो । ‘तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज हुन्छ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘धेरै मतदान हुने आकलनका आधारमा पनि हामीले यस्तो सिफारिस गरेका हौँ ।’

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।