झलनाथ खनाल सातौँपटक चुनावी मैदानमा

Avatar photo
Dhadingpost
कार्तिक २४, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सातौँपटक इलाम १ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेससहितको सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका खनाल सँग दुई कार्यकाल इलाम नगरपालिकाका मेयर बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत भिड्दै छन् ।

०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक ०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नु परेको छैन । गत आमचुनावमा नेकपा एमालेका तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेका थिए ।