गठबन्धनले जित्नै पर्छ भोट बाड्ने छुट कसैलाई छैन -जमकट्टेल

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २४, २०७९

धादिङ । विकासको पहलकर्ता मै हुँ सडक र बत्ती मैलेनै ल्याएको हुँ थप विकासको लागि संविधान जोगिनु पर्यो, त्यसका लागि गठबन्धनले जित्नु पर्छ । प्रतिगामीहरुहरुले जित्नु हुन्न भोट बाड्ने छुट कसैलाई छैन । भोट माग्न बेनीघाट रोराङको जवाङ र खोर भज्याङ पुगेका उम्मेदवार शालिकराम जमकट्टेलले बताएका छन् ।

धादिङ गठबन्धनले जित्छ, प्रदेश र संघको सरकार पनि गठबन्धन कै बन्छ विकासको चिन्ता लिनु पर्दैन हामी विकास गर्दछौं । ठुला कुरा गर्ने र माखो नमार्नेहरु पनि भोट माग्न आए होला दायाँ बायाँ नसोची गठबन्धनका उम्मेदवारलाई जिताऔं यहि अपिल गर्न म आएको जमकट्टेलले स्थानीयलाई भने ।

समानुपातिकमा माओवादीलाई हाल्नु होला प्रत्यक्ष तर्फ घात अन्तरघात हुनुहुन्न बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु सबैले जित्नु पर्छ नत्र फेरि राजावादीहरु सलवलाउने छन् संविधान च्यात्ने खेल खेल्छन् यो कुरा विचार गर्न जमकट्टेलले स्थानीयलाई आग्रह गरे ।