इलाम घुम्न जाँदा ‘स्काई वाक’को समेत मज्जा लिन सकिने

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७९

काठमाडौं । ईलामको चिया वगान हेर्न जाने आन्तरिक तथा वाह्य पर्यटकहरुले अब ‘स्काई वाक’ को समेत मज्जा लिन पाउने भएका छन् । पाँच करोडको लगानीमा ‘स्काई वाक’ निर्माण गरिएको बताईएको छ । चिया बगान देखि हिमालसम्म देखिने ब्रिजको सबैभन्दा सिरानमा सिसा टेकेर दृश्य लिइन्छ । त्यहाँ पुगेर धेरैले मनोरञ्जन लिने र डरको अनुभव गर्छन् ।

यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ । पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो ।

स्काई वाकको मज्जा लिन अहिले पर्यटकले प्रतिव्यक्ति ३ सय रुपैयाँ तिर्नुपर्ने छ । स्काइब्रिज शुक्रबारबाट औपचारिक उद्घाटनमा आएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ को मेची राजमार्गको छेवैमा बनेको ब्रिजको संचालनमा आएको हो ।