धादिङमा कार्यकर्तालाई वडा बाहिर नजान शालिकराम जमकट्टेलको निर्देशन

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १४, २०७९

धादिङ । मंसिर ४ को संघ र प्रदेशको चुनावको मिति नजिके सँगै माओवादी केन्द्र धादिङ इन्चार्ज तथा धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ का सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमकट्टेलले आफ्ना नेता तथा कार्यकर्तालाई अब चुनाव सम्म वडा नछाड्न दिर्नेशन दिएका छन् ।

आज गजुरीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जमकट्टेलले यो अन्तिम भेला हो, अब निर्वाचन अघि यस्तो भेला हुन्न । तपाईहरुलाई भेट्न म आफै वडा आउँछु । वडा बाहिर जानुपर्ने भयो भने पार्टीको जिल्ला निर्वाचन परिचालन कमिटीले भन्ने छ, तपाईहरु भोली देखि वडा छाड्न पाउनु हुने छैन उनले कार्यकर्तालाई निर्देशन दिए ।

माथिल्लो कमिटीको साथीहरु वडामा हुनुहुन्छ भने उहाँहरुले नै वडाको नेतृत्व गर्नु हुन्छ १७ गते देखि दैनिक ३ वडाका कार्यक्रमहरुमा जाने आफ्नो लक्ष्य रहेको र वडामा त्यहि अनुसार तयारी अवस्थामा रहन समेत निर्देशन दिए ।

समानुपातिकमा माओवादी केन्द्रलाई भोट माग्ने र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन । गठबन्धनको संयुक्त कार्यक्रमम पनि हुन्छ र एकल एकल कार्यक्रम पनि हुन्छ तपाईहरु आफ्नो वडा बाहिरको कार्यक्रममा जान पाईने छैन जानै परि पार्टीले खवर गर्ने उनले भने ।