प्रचण्डले सल्यानटारमा आज सत्तागठबन्धनका नेता तथा कार्यकर्ता भेट्ने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ११, २०७९

धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ र यस क्षेत्रका दुबै प्रदेशका सत्ता गठबन्धनका नेता तथा कार्यकर्ता भेट्न माओवादी अध्यक्ष प्रचण्ड आज सल्यानटार आउने भएका छन् ।

प्रतिनीधि सभा क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार एवम् माओवादी नेता जगत सिंखडाका अनुसार त्रिपुरासुन्दरी गाउँपालिका वडा न. १ स्थित सल्यानटार खोल्सीमा सत्ता गठबन्धनका नेता तथा कार्यकर्ता भेट्न प्रचण्ड आउन लागेका हुन् । सिंखडाले आज बेलुका ४ बजे सल्यानटार खोल्सी आउन नेता तथा कार्यकर्तालाई आव्हान समेत गरेका छन् ।

गोरखा २ वाट चुनावी मैदानमा रहेका प्रचण्डले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा बुढी गण्डकी आयोजनालाई प्रथामिकतामा राखेका छन् ।