नेत्रावती डवजोङ तमैमा जारी भलिबल पोल्चेतले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ८, २०७९

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका ४ को तमैमा तमै युवा समाजले शुभ दिपावलीको पावन अवसरमा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उपाधी पोल्चेत युवा क्लबले हात पारेको छ ।

आयोजक तमै युवा समाजलाई पराजित गर्दै पोल्चेत युवा क्लवले उपाधी हात परेको हो । पोल्चेतले प्रथम हुँदै ५० हजार जितेको छ, भने उपविजेता बनेको आयोजक टिमले २५ हजार जितेको पोल्चेत युवा क्लवका खेलाडी विदुर इटनीले धादिङपोष्टलाई बताए ।

विजेता खेलाडीहरुलाई गाउँपालिकाका प्रमुख मेघनाथ रिजाल, नेपाली कांग्रेसका सभापति एवम् धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामनाथ अधिकारीले पुरस्कार वितरण गरेका थिए ।