मार्पाक सामुदायिक क्लवको अधिबेशन काठमाडौंमा हुने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ८, २०७९

धादिङ । धादिङ जिल्ला भरि कार्यक्षेत्र रहेको नेत्रावती डबजोङ्ग गाउँपालिकाको सामाजिक संस्था मार्पाक सामुदायिक क्लवले आफ्नो नवौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन काठमाडौंमा गर्ने भएको छ ।

विविध सामाजिक कार्य गर्दै आईरहेको यस गैर सरकारी संस्थाले काठमाडौंको बनस्थली स्थित नमस्ते मिटिङ्ग क्याफेमा कार्तिक १३ गते आईतबार अधिबेशन गर्न लागेको क्लवका अध्यक्ष सुदिप अधिकारीले धादिङपोष्टलाई बताए ।

ई. रबि अधिकारीको अध्यक्षतामा २०६७ सालमा स्थापना भएको यस क्लवले उक्त अधिबेशनबाट १५ कार्यसमिति चयन गर्नेछ भने २ सदस्य नवगठित कार्यसमितिले दलित, जनजाती र आदीबासी मुलबाट मनोनयन गर्नेछ ।

उक्त कार्यक्रममा क्लवका अध्यक्षबाट प्रगति विवरण साथै कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन पेश हुनेछ भने नव गठित कार्यसमितिले एम्बुलेन्स संचालन समिति समेत पुनर्गठन गर्ने योजना रहेको क्लवका वरिष्ठ उपाध्यक्ष शिव कार्कीलाई उदृढगर्दै काजीराम अधिकारीले बताए ।