धादिङ क्रिकेट लिगको फाईनलमा त्रिपुरासुन्दरी र धुनिबेसी खेल्ने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ६, २०७९

धादिङ । धादिङका आठ गाउँपालिका सहभागी जिल्ला स्तरीय अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिताको फाईनलमा धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका बीच भोलि (कार्तिक) ७ गते हुनेभएको छ । आज सम्पन्न सेमिफाईनलमा नीलकण्ठ नगरपालिकालाई पराजित गर्दै धुनिबेसी नगरपालिका र बेनीघाट रोराङलाई पराजित गर्दै त्रिपुरासुन्दरी गाउँपालिका फाईनल प्रवेस गरेका हुन् ।

रोमान्चक बनेको सेमिफाईनल
यस्तो भएको थियो धुनीबेसी र नीलकण्ठ बीचको सेमिफाईनल खेल
टस जितेर धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो। पहिलो विकेटका लागि धुनीबेसीका ओपनर कुशल रुपाखेती र सुनिल बानिया बिच ६६ रनको साझेदारी भएको थियो । ७.२ ओभरमा कौशललाई अनिल ढकालले बोल्ड गरे । कौशलले २१ बलमा १ चौका र ६ छक्काको मद्दतमा ४४ रन प्रहार गरे । सुनिल बानियाले २४ बलमा १६ रन जोडे । त्सपछि भने अन्य ब्यटर क्रिजमा जमेर खेल्ने सकेनन् । समिर तिमल्सिनाले १८ र प्रनित भट्टले १२ रन बनाए । नीलकण्ठका सुजित श्रेष्ठले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए। अनिल ढकालले २ , सन्तोष घिमिरे र अनिश अधिकारीले १-१ विकेट लिए ।
१४० रनको लक्ष्य लिएर मैदान आएको नीलकण्ठलाई अन्तिम १२ बलमा २७ रन आवश्यक रहेको थियो। १९औ ओभरमा धुनीबेसीका कौशल रुपाखेतीले केवल ५ रन खर्चिए । अन्तिम ओभरमा नीलकण्ठका कप्तान सन्तोष घिमिरेले सुदिप पाठकको ओभरमा ८ रन जोडे पनि जितको लागि प्राप्त भएन । नीलकण्ठका कप्तान सुदिपले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ६० रन प्रहार गरे । सुजित श्रेष्ठले १३ बलमा १५ रन बनाए । नीलकण्ठले २० ओभरमा ४ विकेट गुमाएर १२७ रन बनायो । धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए । कौशल रुपाखेतीले र अमृत थापाले १ विकेट लिए । खेलको म्यान अफ द म्याच कौशल रुपाखेती भए ।

यस्तो भएको थियो बेनीघाट रोराङ र त्रिपुरासुन्दरी बीचको सेमिफाईनल खेल
त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनायो । ३१ रनमा आफ्नो पहिलो विकेटको रुपमा कप्तान अमृत थापालाई गुमाएको त्रिपुरासुन्दरीले निरन्तर रुपमा विकेट गुमाएर सामान्य योगफल बनाएको थियो । कप्तान अमृतले १२ बलमा १३ रन बनाए । सहिल भण्डारीले ३३ बलमा २१ रन जोडे । श्री उपध्य र उदय थापाले ११ रन बनाए । बेनीघाट रोराङ गाउँपालिकाका अमृत लम्सालले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । आशिष आचार्यले ४ ओभरमा १० रन खर्चिएर २ विकेट लिए । श्याम त्रिपाठी, अन्जल सिलवाल र रबीन त्रिपाठीले सम्मान एक विकेट लिए । १०५ रनको लक्ष्य लिएर मैदान आएको बेनीघाटलाई अन्तिम १८ बलमा १९ रन आवश्यक रहेको थियो । १७ औ ओभरको कप्तान अमृत थापाले २ विकेट लिग्दा त्रिपुरासुन्दरी नाटकीय जित तर्फ आग्रसर भएको थियो । बेनीघाटलाई अन्तिम ओभरमा एक विकेट मात्र बाँकी रहदा जितका लागि १० रन आवश्यक रहेको थियो । २०औ ओभरको २ बलमा २ रन जोडे । अन्तिम ३ बलमा ८ रन आवश्यक थियो । १९.५ बलमा केवल एक रन आयो भने अन्तिम बल डट रहदा बेनीघाट ५ रनले पराजित भएको थियो । बेनीघाटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र जोड्यो । बेनीघाटका श्याम त्रिपाठीले २१ बलमा २० रन बनाए । अन्जलले २०, आशिष मियाले १५ र अमृत लम्सालले १३ रन बनाए । त्रिपुरासुन्दरीको अमृत थापाले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । बिशालले २, राम बहादुर राना र उदय थापाले सम्मान एक विकेट लिए । खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भए ।