मार्पाक प्रमियर लिग कार्तिक ५ देखि सुरु हुने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ४, २०७९

काठमाण्डाै । धादिङ्ग जिल्लाकाे साबिक मार्पाक गा.बि.स. स्तरिय फुटसल प्रतियाेगिताकाे पाँचाै सस्करण भाेली शनिबार काठमाण्डाैमा हुनेभएकाे छ । मार्पाक भेट्रान्स फुटसल टिमकाे ब्यबस्थापनमा काठमाण्डाैकाे फ्रेन्डस स्टार फुटसल भत्केपुलमा “मार्पाक प्रिमियर लिग” नामक फुटसल प्रतियाेगिताकाे पाँचाै सस्करण भाेली शनिबार हुने लिग प्रतियाेगिताका मुख्य संयाेजक फणिन्द्र गुरुङ्गले जनाएकाे दिनुभएकाे छ ।

कार्तिक ०५ गते शनिबार बेलुका ४ बजे शुरु हुने लिग फुटसल प्रतियाेगितामा साबिक मार्पाकका टिम मार्पाक, टिम भेट्रान्स A, टिम थला, टिम सि.सि.एम., टिम भेट्रान्स B गरि जम्मा ५ टिमले सहभागिता जनाउने छ । लिग च्याम्पियन हुने टिमले च्याम्पियन ट्रफी साथै नगद पुस्कार र मेडल प्राप्त गर्नेछ भने दृितिय र तृतिय हुने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने साथै उत्कृष्ठ फरवार्ड, गाेलकिपर र डिफेन्सलाई समेत पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ ।

लिग फुटसल प्रतियाेगिताकाे मुख्य संयाेजन फणिन्द्र गुरुङ्गले र मुख्य ब्यबस्थापन काजिराम अधिकारीले गर्नुहुनेछ भने प्रतियाेगिता संचालन समितिमा दूध बहादुर गुरुङ्ग, शिव कार्की र ईन्द्र गुरुङ्ग साथै ब्यबस्थापन समितिमा अदिप अधिकारी, मरिचमान गुरुङ् र जंग ब. गुरुङ्ग रहेकाे आयाेजकले जनाएकाे छ । शुभ दिपावलीकाे पावन अबसरमा काठमाण्डाैमा लिग फुटसल प्रतियाेगिता गराउनुकाे उदेश्य स्वास्थ्य, मनाेरन्जन, लुकेर रहेका मार्पाकका प्रतिभाहरुकाे खाेजी साथै आपसी मेलमिलाप र सद्भाव कायम राख्दै मार्पाकका युवाहरुबिच भेटघाट र एकता कायम गर्ने रहेकाे आयाेजकले जनाएकाे छ ।